२१ जेठ २०८३, बिहीबार

पाँच प्रतिशतले बढ्यो चीनको कूल ग्राहस्थ उत्पादन

साउन १, २०८१
काठमाडौं
पाँच प्रतिशतले बढ्यो चीनको कूल ग्राहस्थ उत्पादन

बेइजिङ–चीनको कुल ग्राहस्थ उत्पादन (जीडीपी) सन् २०२४ को पहिलो अर्धवार्षिकमा पाँच प्रतिशतले बढेको सोमबार सार्वजनिक राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस)को तथ्याङ्कले देखाएको छ ।

चीनको जीडीपी पहिलो अर्धवार्षिक अवधिमा ६१.६८ ट्रिलियन युआन अर्थात् करिब ८.६५ ट्रिलियन अमेरिकी डलर पुगेको एनबीएसको तथ्याङ्कले देखाएको छ ।

एनबीएसका अनुसार दोस्रो त्रैमासिकमा चीनको जीडीपी वार्षिक ४.७ प्रतिशतले बढेको छ ।  

समग्रमा, राष्ट्रिय अर्थतन्त्र पहिलो अर्धवार्षिकमा स्थिर रहेको जनाउँदै नीतिगत प्रोत्साहन, बाह्य मागमा पुनरुत्थान र नयाँ गुणस्तरको उत्पादक शक्तिको विकासलाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ ।  

एनबीएसका अनुसार दोस्रो उद्योगले पहिलो अर्धवार्षिकमा वर्षमा ५.८ प्रतिशत प्राथमिक उद्योगमा ३.५ प्रतिशत र सेवा क्षेत्रमा ४.६ प्रतिशतले वृद्धि भएको छ ।

दोस्रो त्रैमासिकमा भने चीनको अर्थतन्त्र ०.७ प्रतिशतले बढेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्