२१ असार २०८३, आइतबार
प्राकृतिक बिपत्ति

रुकुम पश्चिममा बाढीले घर बगायो, तीन जनाको मृत्यु

साउन १, २०८१
रुकुम पश्चिम
रुकुम पश्चिममा बाढीले घर बगायो, तीन जनाको मृत्यु

 रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । यस्तै एकजना बेपत्ता छन् । 

गएराति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाएको हो । मृतक तीनैजना बालबालिका हुन् ।  

 आठविसकोट नगरपालिका प्रमुख रवि केसीका अनुसार मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनीषा सार्की छन् ।  घटनामा परेर डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएको उनले बताए । 

आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले घर बगाउँदा उक्त घटना भएको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्