२८ असार २०८३, आइतबार

गोली लागेको कानमा पट्टी लगाएर चुनावी अभियानमा ट्रम्प, बजारमा बुलेटप्रुफ लेखिएका टीसर्ट

साउन १, २०८१
काठमाडौं
गोली लागेको कानमा पट्टी लगाएर चुनावी अभियानमा ट्रम्प, बजारमा बुलेटप्रुफ लेखिएका टीसर्ट

अमेरिकी राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प पुन: चुनावी अभियानमा सक्रिय हुन थालेका छन् । 

चुनावी अभियानको क्रममा सोमवार उनी ​मिलवाकी पुगेका हुन् । गोली लागेको कानमा उनले पट्टी बाँधेका छन् ।

आफूमाथि आक्रमण गरिए पनि विचलित नहुने ट्रम्पको प्रतिक्रिया छ । 

चुनावी अभियानका क्रममा आइतवार पेन्सिलभेनियाको सभामा भाषण गरिरहेको समयमा उनलाई लक्षित गरेर गोली प्रहार भएको थियो । कानका गोली लागेर अनुहारमा रगत लतपतिएका ट्रम्पले तत्कालै उठेर मुठ्ठी कसेका थिए । 

सन् २०२४ को नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका लागि डेमोक्र्याटबाट वर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकनबाट ट्रम्प चुनावी प्रतिस्पर्धामा छन् । 

यसैबीच ट्रम्पको अनुहारमा रगत देखिएको तस्वीर सहितका टिसर्ट बजारमा देखिन थालेका छन् ।

‘बुलेटप्रुफ’ लेखिएका टिसर्ट ट्रम्पका समर्थकले प्रयोग गरिरहेका छन् । गोलीकाण्ड भएको ४८ घण्टाभित्र अमेरिकी बजारमा ‘फाइट’ लेखिएका टिसर्ट बजारमा आएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्