०७ असार २०८३, आइतबार

मन्त्री सुडीले गरे पदभार ग्रहण

साउन १, २०८१
काठमाडौं
मन्त्री सुडीले गरे पदभार ग्रहण

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले पदभार सम्हालेका छन् ।

मंगलबार पदभार सम्हालेसँगै उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको विकासका लागि पूर्ण निष्ठाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरेर बढीभन्दा बढी परिणाममुखी कार्य गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै उनले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । 

'कर्मचारीको साथ र सहयोगबिना मन्त्रीको एक्लो प्रयासबाट लक्ष्य हासिल हुँदैन,' उनले भने ।

यसअघि उनी वन तथा वातावरणमन्त्री बनेका थिए । २०४७ देखि राजनीतिमा सक्रिय उनी जनता समाजवादी पार्टीमा आबद्ध छन् ।

उनी २०७९ सालमा सप्तरी क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्