
अर्थमन्त्री विष्णु पौडेलले पुँजी बजारको विकास र स्थायित्वका लागि सक्रियतापूर्वक काम गर्ने बताएका छन् ।
बधाई तथा शुभकामना दिन मंगलबार सिंहदरबार पुगेको धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालको टोलीसँग उनले यस्तो बताएका हुन् ।
'पुँजी बजारप्रति म सकारात्मक छु, यसको विकास र स्थायित्वका लागि सक्रियतापूर्वक पहल गर्छु,' उनले भने ।
मन्त्री पौडेललाई बधाई दिँदै धितोपत्र ब्रोकर्शका अध्यक्ष सागर ढकालले पुँजी बजारले अग्रगामी नेतृत्वको आशा गरेको बताएका थिए ।