०२ असार २०८३, मंगलबार

आलोकनगरमा समाजवादी मोर्चाको बैठक

साउन १, २०८१
काठमाडौं
आलोकनगरमा समाजवादी मोर्चाको बैठक

समाजवादी मोर्चाको बैठक शुरू भएको छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार दिउँसो समाजवादी मोर्चाको बैठक बसेको हो ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी मोर्चाका प्रमुख घटक हुन् । सरकारबाट बाहिरिएसँगै मोर्चाको बैठक बसेको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र मोर्चाको आगामी रणनीतिबारे छलफल हुने स्रोतले जानकारी दियो ।

समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिस्ट पार्टी र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी आबद्ध छन् । 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायत सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्