०९ साउन २०८३, शनिबार

वनकाली कोटिहोममा भक्तजनको घुइँचो

साउन १, २०८१
काठमाडौं
वनकाली कोटिहोममा भक्तजनको घुइँचो

पशुपतिको वनकालीमा कोटिहोम विराट् महायज्ञ ​शुरू भएको छ ।​

सयौं गुरुहरूबाट दैनिक हवन तथा १०८ श्रीमद्‌भागवत पाठ पारायण गरिने महायज्ञ साउन ३२ गतेसम्म चल्नेछ ।​ ​

कोटिहोमको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो ।

मानव सेवा फाउन्डेशनलगायत विभिन्न सामाजिक संस्थाहरूको आयोजनामा सञ्चालित महायज्ञमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथावाचक राधिका दासी, सुश्री देवी प्रतिभा, वाचन प्रवीण दीनबन्धु पोखरेल, विदुषी कान्ता भट्टराईले श्रीमद्‌भागवत, श्रीमद्देवीभागवत, शिवमहापुराण तथा रामायण आदि ग्रन्थका सङ्गीतमय कथा प्रवचन गर्नेछन् ।

आयोजकका अनुसार मामाघर अनाथालय ललितपुर, छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरको भवन निर्माण तथा विकासमा सहयोग जुटाउने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्