![उच्चको आदेशपछि काठमाडौं महानगरले फेरि शुरू गर्यो न्युरोडको फुटपाथ बढाउने काम [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/new_road_balen_mahanagar_11_JCBhlbCxrO.jpg)
काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम अघि काम अघि बढाएको छ । उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलेसँगै महानगरले काम अघि बढाएको हो ।


आज बिहानैबाट महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढाएको छ । अहिले डोजर लगाएर सडकको दायाँबायाँ भत्काउन शुरू गरिएको छ ।

तीन दिनअघि उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार रोक्नेगरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

यसअघि महानगरले न्युरोडमा फुटपाथ विस्तार गर्न थालेको थियो । तर, सडक डिभिजन काठमाडौंले विस्तारमा रोक लगाएको थियो ।







