१९ असार २०८३, शुक्रबार

पर्सामा मुस्लिम समुदायले मनाए मोहर्रम पर्व

साउन २, २०८१
विरगञ्ज
पर्सामा मुस्लिम समुदायले मनाए मोहर्रम पर्व

पर्साका मुस्लिम समुदायले धुमधामका साथ मोहर्रम पर्व मनाएका छन् ।

नेपाल मुस्लिम समाज सङ्घका उपसचिव अलिअस्गर अन्सारीले वीरगञ्जसहित पर्सामा धुमधामका साथ मुस्लिम समुदायले मोहर्रम पर्व मनाएका बताए ।

‘मुस्लिम समुदायले मोहर्रम अर्थात् दाहा पर्व हातहतियार प्रदर्शन गरी मनाउने गरिन्थ्यो । जिल्ला  प्रशासन कार्यालयको अनुरोधमा विभिन्न कला देखाएर मनाइएका छौं,’ उनले भने, ‘वीरगञ्जमा आज बिहान विभिन्न ठाउँबाट मुस्लिम संस्कृति झल्किने झण्डासहित युवाले लट्ठीको कला देखाएर मनायौं ।’

सो समुदायले भने मुहर्रमका दिन साहसिक कला प्रदर्शन गर्ने गर्छन् ।

ईस्लामिक नयाँ वर्ष हिजरी संवत् शुरू भएपछि दशदिनसम्म मनाइने गरिन्छ ।  मुस्लिम समुदायले घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करबलामा लगेर विसर्जन गर्ने चलन छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढङ्गेलले मोहर्रम पर्वलाई मर्यादित ढङ्गले मनाउन अनुरोध गरे ।

‘मोहर्रम पर्व सामाजिक सद्‌भाव कायम राख्दै मनाउन मुस्लिम समुदायलाई अनुरोध गर्दछु,’ उनले भने, ‘पर्वलाई लक्षित गरेर जिल्लाको शान्तिसुरक्षालाई पनि उच्च सतर्कता अपनाइएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्