०६ साउन २०८३, बुधबार

हरिशयनी एकादशी : बूढानीलकण्ठ मन्दिरमा श्रद्धालुको भीड [तस्वीरहरू]

साउन २, २०८१
काठमाडौं
हरिशयनी एकादशी : बूढानीलकण्ठ मन्दिरमा श्रद्धालुको भीड [तस्वीरहरू]

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि शुरू भएको छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

null

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । 

null

भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । सोही अवसरमा आज काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा पूजाआजाका लागि श्रद्धालुहरूको भीड लागेको छ ।

null

null

null

null

null

null

null

null

तस्वीर : नेपाल फोटो लाइब्रेरी ।

salt training

कमेन्ट गर्नुहोस्