
सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि–अर्डर शुरू गरेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीले जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि–अर्डर शुरू गरिएको जानकारी दिएको हो ।
कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ सिरिजको अनावरण गरेका थिए ।
‘फोल्डेबलका लागि सामसङको निरन्तर आविष्कारले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ सँग ग्यालेक्सी एआईको अर्को अध्याय खोलेको छ । फोल्डेबल फोर्म फ्याक्टरलाई एआई–इन्फ्युज्ड कनेक्टेड ग्यालेक्सी इकोसिस्टमसँग मिलाएर, हाम्रा नयाँ स्मार्टफोनहरूले प्रयोगकर्ताहरूलाई एक आकर्षक अनुभव प्रदान गरेर नयाँ सम्भावनाहरू अन्लक गर्न सशक्त बनाउँछ,’ निर्देशक स्थापितले भने ।
ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६, ग्यालेक्सी जेड सिरिजका अहिलेसम्मकै सबैभन्दा पातलो र हल्का डिभाइसहरू हुन् ।
सिधा एड्जहरूसँग पूर्णरूपमा सममित डिजाइनका साथ आउँछन् ।
ग्यालेक्सी जेड फोल्ड ६ले नयाँ कभर स्क्रिन अनुपातको साथ अझै प्राकृतिक बार–टाइप भीउइंग एक्सपिरिएन्स प्रदान गर्दछ । नयाँ ग्यालेक्सी जेड सिरिज पहिलेभन्दा धेरै टिकाउ रहेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार प्रि–अर्डर अफर यही साउन १५ गतेसम्म मात्रै कायम रहनेछ ।

रोमाञ्चक उपहारहरूका साथै पहिलो ५०० प्रि–अर्डर गर्ने ग्राहकहरूले एनसेल सधैं अन सिम प्राप्त गर्न सक्नेछन् ।
जसमा १७ जीबी डाटा + ४९९ मिनेट कल + ४९९ एसएमएस प्रत्येक महिना, ६ महिनासम्म निःशुल्क प्राप्त गर्न सकिनेछ ।