
रुपन्देहीको फर्साटिकरस्थित स्विमिङ पुलमा डुबेर एक जनको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मी घर भएका २४ वर्षीय विमल थापा छन् ।
शुद्धोधन गाउँपालिका ४ फर्साटिकरस्थित रिद्धिसिद्धी पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर सोही पार्टी प्यालेसमा काम गर्ने थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका थापाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।