०३ असार २०८३, बुधबार

चीन चलाउने सात शक्तिशाली नेता यी हुन्

कात्तिक २०, २०७४
चीन चलाउने सात शक्तिशाली नेता यी हुन्

काठमाडौं, ८ कात्तिक — चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीका महासचिव सी चिनफिङले पार्टीको नयाँ केन्द्रीय नेताहरू बुधवार प्रस्तुत गरेका छन् । द ग्रेट हल अफ द पिपुलमा भएको प्रेस सम्मेलनमा ती नेताहरू सार्वजनिक गरिएका हुन् ।


‘म केन्द्रीय कमिटीको महासचिव पदमा पुनर्निर्वाचित भएँ । यसलाई म मेरो कामको अनुमोदनका रूपमा मात्र नहेरी मलाई अघि बढिरहनका लागि गरिएको प्रोत्साहनका रूपमा पनि हेर्छु,’ सीले पत्रकारहरूलाई बताए ।

उनले चिनियाँ कम्युनिस्ट पार्टीको १९औं केन्द्रीय कमिटीको पोलिटिकल ब्यूरोको स्थायी समितिका ६ नवनिर्वाचित सदस्य पनि त्यस अवसरमा प्रस्तुत गरे । उनीहरू ली खछ्याङ, ली झान्शु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी र हान झेङ हुन् ।

ली खछ्याङले यसअघि पनि स्थायी कमिटी सदस्य थिए भने अन्य चाहिँ राजनीतिक ब्यूरोका सदस्य थिए ।

‘नवनिर्वाचित केन्द्रीय नेतृत्वका तर्फबाट म पार्टीका सबै सदस्यलाई हामीप्रति देखाएको विश्वासका लागि हार्दिक आभार व्यक्त गर्दछु,’ उनले भने, ‘हामीहरू आफ्नो कर्तव्य र मिसन पूरा गर्नका लागि डटेर काम गर्नेछौं अनि जनताको विश्वासमा खरो उत्रनेछौं ।

सिन्ह्वाबाट

salt training

कमेन्ट गर्नुहोस्