२९ जेठ २०८३, शुक्रबार

चैते धान खेती गर्ने कृषकलाई महानगरले दियो अनुदान

साउन २, २०८१
पाेखरा
चैते धान खेती गर्ने कृषकलाई महानगरले दियो अनुदान

चैते धान खेतीमा कृषक आकर्षित गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले रु आठ लाख अनुदान सहयोग उपलब्ध गराएको छ ।

महानगरपालिकाले वडा नं १४, १५, २६ र २७ मा चैते धान प्रोत्साहन कार्यक्रमअन्तर्गत कृषकलाई प्रतिरोपनी रु नौ सयका दरले अनुदान उपलब्ध गराएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

उनका अनुसार महानगरपालिकाको वडा नम्बर १४ र १५ मा एक सय रोपनी क्षेत्रफलमा चैते धान गरेबापत रु ९० हजार उपलब्ध गराइएको छ ।

त्यस्तै वडा नम्बर २६ र २७ मा दुई सय २६ कृषकलाई छ लाख ८१ हजार तीन सय अनुदान उपलब्ध गराइएको छ ।

उक्त स्थानमा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा चैते–५ जातको धानको बिउ उपलब्ध गराएको थियो ।

महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रमअन्तर्गत महानगरभित्र कृषि क्षेत्रमा सक्रिय १५ संघसंस्थालाई ५/५ हजार नगदसहित सम्मान गरेको छ ।

अनुदान रकम हस्तान्तरण एवं कृषक सम्मान कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषि उत्पादनलाई जोड दिँदै महानगरपालिकाले तरकारी, फलफूल र पशुपालनमा सहयोग गर्दै आएको बताए ।​

कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्न उत्पादनलाई जोड दिनुपर्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्