जेठ १०, २०८१
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार गोलभेँडा सानो लोकलको अधिकतम मूल्य प्रतिकिलो ४०, गोलभेँडा सानो टनेलको...
काठमाडाैं | साउन २, २०८१
हाल सञ्चालनमा रहेको ‘सधैं अन’ योजनामा आधारित रहेर एनसेलले वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ ।
यससँगै अब उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै निःशुल्क अल्टिमाको एयरबड र स्मार्टवाच पाउन सक्छन् ।
वायरफ्री प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो र यसमार्फत ग्राहकले बिना कुनै झन्झट अनलिमिटेड इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको फाइदा लिन सक्छन् ।
विशेष गरी घरेलु प्रयोजनका लागि उपयुक्त हुने यो सेवा ग्राहकले दराज, ईसेवा, खल्ती, आईएमई पेको प्लेटफर्ममार्फत लिन सक्छन् ।
यसैगरी यो अफरमा सहकार्य गरेको अल्टिमा ब्रान्डको वेबसाइटबाट पनि ग्राहकले सेवाका लागि सदस्यता लिन सक्छन् ।
यो अफरअन्तर्गत ग्राहकहरूले वायरफ्री सेवाका लागि अर्ध वार्षिक सदस्यता लिँदा ३५ प्रतिशत (रु २,०९५) र वार्षिक सदस्यतामा ४२ प्रतिशत (रु ४,९८९) छुट पनि पाउँछन् । ६ महिनाका लागि सेवा लिँदा ग्राहकले रु ३,४९९ पर्ने अल्टिमाको एयरबड निःशुल्क पाउँछन् भने एक वर्षको सेवा खरिदमा रु ५,९९९ मूल्य पर्ने अल्टिमाको स्मार्टवाच निःशुल्क पाइन्छ ।
सेवाका लागि अर्ध वार्षिक सदस्यताको शुल्क कर सहित रु ३,८९९ तोकिएको छ भने वार्षिक सदस्यताको शुल्क रु ६,९९९ रहेको छ । यी दुवै प्लान लिँदा ग्राहकले एनसेलको फोरजी राउटर पनि शुल्क पाउँछन् ।
यो योजनामा ग्राहकले २ वटा सिमकार्ड पाउँछन् । ग्राहकहरूले मुख्य एक सिममा प्रत्येक महिना २५० जीबी डेटा पाउँछन् र यो डेटा भोल्युम सकिएमा ५१२ एमबीपीएस गतिमा अनलिमिटेड इन्टरनेट सेवा महिना भरी लिन सकिन्छ । अर्को दोस्रो सिममा ग्राहकले प्रत्येक महिना १०० मिनेट टक टाइम र ५ जीबी पाउँछन् ।
ग्राहकले पाउने सेवाहरू हरेक ३० दिनको साइकलमा प्राप्त हुन्छन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरू अर्को नयाँ ३० दिनमा थप हुने अर्थात् जोडिने छैन ।
सधैं अन योजना अन्तर्गत सुलभ दरमा पाइने यो वायरलेस इन्टरनेट सेवाले धेरै भन्दा धेरै मानिसलाई इन्टरनेटको पहुँचमा ल्याउने र ग्राहकहरूलाई कनेक्टिभिटीले प्रदान गर्ने अवसरहरूसँग जोड्ने विश्वास एनसेलले लिएको छ ।
एनसेलले विगत ४ वर्षदेखि यो सेवा आफ्ना ग्राहकहरूलाई प्रदान गर्दै आएको छ ।
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार गोलभेँडा सानो लोकलको अधिकतम मूल्य प्रतिकिलो ४०, गोलभेँडा सानो टनेलको...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ७०, गोलभेँडा सानो टनेलको ६०, गोलभेँडा सानो त...
विद्युतीय सवारी साधनहरूको क्षेत्रमा ग्लोबल लिडर बीवाईडी (विल्ड योर ड्रीम्स) ले नेपाली बजारमा पनि उल्लेखनीय सफलता प्राप्त गरेको छ । कम्पनीले आफ्नो कोर टेक्नोलोजी, ब्लेड ब्याट्री र ई-प्ल्याटफर्म ३.० मार्फत उत्कृष्ट प्रद...
विद्युतीय गाडीहरूको द्रुत परिवर्तन हुने परिदृश्यमा, टाटा टियागो.ev उत्कृष्ट मूल्य प्रस्तावको रूपमा अगाडि आउँछ, जसले सुलभता, सुरक्षा र दक्षतालाई जोड दिन्छ। यो कम्प्याक्ट ह्याचब्याक आधुनिक पेशेवरहरूको आवश्यकताहरू पूरा...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...
मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...
धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...