
झापामा भारी वर्षा भएको छ ।
पछिल्लो तीन घण्टामा झापाको शनिश्चरे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिश्चरे र आसपासका क्षेत्र भएर बग्ने बिरिङ, अधुवा र अन्य साना खोलातटीय क्षेत्रमा बस्नेहरूलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
ती क्षेत्रका बासिन्दाले शुक्रबार बिहान ७ बजेसम्मै सतर्कता अपनाउनुपर्ने छ ।