०२ असार २०८३, मंगलबार

इन्स्पेक्टरको नाममा ७ दिने सूचना

साउन ३, २०८१
काठमाडौं
इन्स्पेक्टरको नाममा ७ दिने सूचना

गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठको नाममा ७ दिने सूचनासहितको स्पष्टीकरण सोधेको छ । 

 खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १० स्थायी वतन भएका उनको प्रहरी अस्पताल महाराजगञ्ज दरबन्दी रहेको छ । 
तर वैशाख २३ यता सम्पर्कमा नआएपछि मन्त्रालयले उनको नाममा ७ दिने सूचना जारी गर्दै  आफु गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । 
अन्यथा र प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारवाही हुने सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्