
मुम्बई – हिन्दी चलचित्र ‘टाइगर जिन्दा है’ को यतिबेला राम्रै चर्चा छ । एक था टाइगरको सिक्वेलका रुपमा निर्माण भएको सलमान खानको यो चलचित्र सलमान खानका कारण पनि चर्चामा छ । भटाभट आफ्नो चलचित्र फ्लप भए पनि उनले आफ्नो स्टारडम भने घटाएका छैनन् ।
क्रिसमसको अवसर पारेर रिलिज गर्न लागिएको चलचित्र ‘टाइगर जिन्दा है’ को हालै सार्वजनिक गरिएको पोस्टरमा सलमान खान र क्याटरिना कैफलाई आक्रामक रुपमा प्रस्तुत गरिएको छ । पोस्टर हेर्दा क्याटरिनालाई पनि एक्सन भूमिकामा देख्न सकिन्छ । फिल्म ‘एक था टाइगर’ मा भने क्याटरिनालाई जासुसको रुपमा प्रस्तुत गरिएको थियो ।
अव्वास जाफरले निर्देशन गरेको फिल्म डिसेम्बर २२ मा प्रदर्शन हुँदैछ ।