
याङ्गुन– म्यानमारमा बाढीका कारण विद्यालय बन्द भएका छन् । दक्षिणी म्यानमारको बागो क्षेत्रस्थित पान्डाउङ बस्तीका १९ वटा विद्यालय अय्यारवाडी नदीको बढ्दो जलस्तरका कारण बन्द गरिएको त्यहाँको सरकारी अलिन दैनिकले बिहीबार जनाएको छ ।
पान्डाउङ बस्तीका माध्यमिक तथा प्राथमिक गरी १६० वटा विद्यालय रहेकोमा १६ जुलाईदेखि आएको बाढीका कारण तल्लो क्षेत्रका १९ वटा विद्यालय अस्थायी रूपमा बन्द गरिएको हो ।
बन्द रहेका विद्यालयमा दुई हजार ८६४ जना विद्यार्थी र २०७ शिक्षक रहेको जनाइएको छ ।
वर्षा नियन्त्रण भई नदीको सतहमा कमी आएपछि विद्यालयहरू पुनः खुल्नेछन् ।