२१ जेठ २०८३, बिहीबार

इजराइली संसदमा प्यालेस्टिनी राज्यको विपक्षमा मतदान

साउन ४, २०८१
काठमाडौं
इजराइली संसदमा प्यालेस्टिनी राज्यको विपक्षमा मतदान

गाजापट्टी– इजराइली संसद्ले बिहीबार प्यालेस्टिनी राज्यलाई ‘अस्तित्वको खतरा’का रूपमा विरोध गर्न मतदान गरेको छ । 

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सांसदहरूलाई सेनाले हमासको संवेदनशील क्षेत्रमा आक्रमण गरेको बताएको एक दिनपछि संसद्ले मतदान गरेको हो ।

प्यालेस्टिनी नेतृत्व र अन्तर्राष्ट्रिय समुदायबाट तीव्र आलोचना भएको उक्त मतदान धेरै हदसम्म प्रतीकात्मक रहेको विश्लेषण गरिएको छ । आगामी बुधबार अमेरिकी कांग्रेसमा नेतान्याहुको सम्बोधन गर्नुअघि मतदान हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

नेतान्याहुले गाजाका लागि युद्धविराम र बन्धकहरूको रिहाइ सम्झौताको मध्यस्थता गर्ने अमेरिकी प्रयासमा कम रुचि देखाएका छन् । उनले हमासमाथि ‘पूर्ण जीत’ निकाल्ने अवस्था रहेको भन्दै सैन्य दबाब बढाउने वाचा गरेका छन् । 

इजराइलले हालका दिनहरूमा गाजामा व्यापक बमबारी जारी राखेको छ । हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा ५४ जनाको मृत्यु भएको बताएको छ । 

इजराइली सांसदहरूले पारित गरेको प्रस्तावमा इजराइली सेनाले कब्जा गरेको भूमिमा प्यालेस्टिनी राज्यले ‘इजराइल–प्यालेस्टिनी द्वन्द्वलाई निरन्तरता दिने र यस क्षेत्रलाई अस्थिर बनाउने’ बताइएको छ । 

एक सय २० सदस्यीय संसदमा उक्त प्रस्ताव ६८ मतले पारित भएको छ । विपक्षमा मात्र ९ मत आएको छ ।

प्यालेस्टिनी प्राधिकरणले इजराइलको कट्टर–दक्षिणपन्थी सत्तारुढ गठबन्धनमाथि ‘गाजा क्षेत्रलाई रसातलमा धकेलेको’ आरोप लगाएको छ । मतदानप्रति ‘आश्चर्य’ प्रकट गर्दै फ्रान्सले उक्त प्रस्ताव संयुक्त राष्ट्रसङ्घीय सुरक्षा प्रस्तावहरूको ‘विरोधाभास’का रूपमा आएको बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्