१९ असार २०८३, शुक्रबार

कोटेश्वरको गेस्ट हाउसबाट ६ बालिकाको उद्धार, २ जना पक्राउ

साउन ४, २०८१
काठमाडौं
कोटेश्वरको गेस्ट हाउसबाट ६ बालिकाको उद्धार, २ जना पक्राउ

काठमाडौं कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ ।

बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्ट हाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् । 

रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एन्ड गेस्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए । 

गैरकानूनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौंको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्