३१ जेठ २०८३, आइतबार

परराष्ट्रमन्त्री राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट

साउन ४, २०८१
काठमाडौं
परराष्ट्रमन्त्री राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले आज शिष्टाचार भेट गरेका छन् ।​

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उनीहरूबीच नेपाल-अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको थियो ।

भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्