२२ जेठ २०८३, शुक्रबार

टी-२० महिला एसिया कपमा नेपालको विजयी शुरूआत

साउन ४, २०८१
काठमाडौं
टी-२० महिला एसिया कपमा नेपालको विजयी शुरूआत

टी–२० महिला एशिया कप क्रिकेटमा नेपाली टोलीले विजयी शुरूआत गरेको छ । समूह एमा रहेको नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो । एशिया कपमा नेपालको यो पहिलो जीत हो ।

ओपनर सम्झना खड्काले अर्धशतकीय पारी खेलेपछि पहिलो खेलमा नेपाल सहजै विजयी भएको हो । नेपालले २३ बल बाँकी हुँदै पहिलो जीत दर्ता गर्‍यो ।​ 

श्रीलंकामा भएको खेलमा पहिले फिल्डिङ गर्दै नेपालले यूएईलाई ११५ रनमा रोकेको थियो । 

नेपालको लागि खड्काले पहिलो अर्धशतक प्रहार गरेकी हुन् । उनले ४५ बलमा नटआउट रहँदै ११ चौकाको मद्दतमा ७२ रन बनाइन् । 

पूजा महतोले ७ रन बनाइन् । 

नेपालको लागि सीता मगरले ७, रुविना क्षेत्रीले १०, कप्तान इन्दु बर्माले ६, कविता कुँवरले २ रन बनाए । 

समूह एमा आजै राति भारत र पाकिस्तान भिड्दैछन् । 

बलिङतर्फ कप्तान बर्माले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिएकी थिइन् ।​

शवनम राई र कृतिका मरासिनीले १/१ विकेट लिए । 

यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ बनाइन् ।

salt training

कमेन्ट गर्नुहोस्