०८ साउन २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने तीन दलको निर्णय

साउन ४, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने तीन दलको निर्णय

विपक्षी तीन दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।

नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । 

प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । 

गत असार २८ गते प्रतिनिधिसभामा विश्वासको लिँदा प्रचण्डले ६३ मत मात्रै पाएका थिए ।

विपक्षमा १९४ मत खसेको थियो । 

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले कांग्रेस र एमाले संविधान मिच्न उद्यत रहेको भन्दै तीन दलले सशक्त रुपले प्रतिवाद गर्ने निर्णय पनि गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्