२२ जेठ २०८३, शुक्रबार

बंगलादेशमा अध्ययनरत १७ जना नेपाली विद्यार्थीहरूलाई स्वदेश फर्काइँदैछः प्रधानमन्त्री

साउन ५, २०८१
काठमाडौं
बंगलादेशमा अध्ययनरत १७ जना नेपाली विद्यार्थीहरूलाई स्वदेश फर्काइँदैछः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा समस्यामा परेका १७ जना नेपाली विद्यार्थीलाई आइतबार स्वदेश फर्काउन प्रबन्ध मिलाइएको जानकारी दिएका छन् । 

परिवारको माग बमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई  आइतबार बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको ओलीले शनिबार राति फेसबुकमार्फत जानकारी दिएका हुन् ।
 
बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन्। 

सोहीअनुसार ती विद्यार्थीका परिवारसँग ओलीले शनिबार भेटवार्ता समेत गरेका थिए । 

ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित परिवारबाटै अनलाइन फारम भर्न सक्नेगरी सूचना जारी गरेको पनि जानकारी गराएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्