२४ जेठ २०८३, आइतबार

ओलीको विपक्षमा मतदान गर्न एकीकृत समाजवादीको ह्वीप

साउन ६, २०८१
काठमाडौं
ओलीको विपक्षमा मतदान गर्न एकीकृत समाजवादीको ह्वीप
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ।

नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज (आइतवार) प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । 

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्वीप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिए ।

‘सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने छ । पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्