१९ असार २०८३, शुक्रबार
नजिकिँदो घरफिर्ती

एक वर्षभित्रै २६ सहसचिवले पाउँदैछन् अवकाश, क–कसको सकिँदैछ कार्यकाल ?

साउन ६, २०८१
काठमाडौं
एक वर्षभित्रै २६ सहसचिवले पाउँदैछन् अवकाश, क–कसको सकिँदैछ कार्यकाल ?

चालू आर्थिक वर्षमा २६ सहसचिवले अवकाश पाउने भएका छन् । राष्ट्रिय किताबखाना (निजामती)ले उपलब्ध गराएको विवरणअनुसार चालू आर्थिक वर्षमा २६ जना सहसचिवले अवकाश पाउनेछन् ।

राष्ट्रिय सूचना आयोगमा कार्यरत सहसचिव होमप्रसाद लुइँटेलले यही साउन ३ गते अवकाश पाइसकेका छन् । 

राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत सहसचिव कृष्णप्रसाद पन्थ साउन ५ गते, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव राजकुमार विश्वकर्मा, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव कोमलप्रसाद धमलाले यही साउन २९ गते अवकाश पाउनेछन् । 

नापी विभागमा कार्यरत सहसचिव अमरप्रसाद न्यौपानेले भदौ १६ गते र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव केशवप्रसाद दाहालले यही भदौ १८ गते अवकाश पाउनेछन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा  कार्यरत सहसचिव रामचन्द्र ढकाल असोज ६ गते, शहरी विकास तथा भवन निर्माण विभागमा कार्यरत सहसचिव कोषनाथ  अधिकारी असोज ७ गते, लोक सेवा आयोग बुटवलमा कार्यरत सहसचिव ख्यामबहादुर थापा क्षेत्री असोज १८ गते, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत सहसचिव डा। नरहरिप्रसाद घिमिरे असोज ३० गते सेवानिवृत्त हुनेछन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेटौंडामा कार्यरत सहसचिव हिरामणि शर्मा कात्तिक १५ गते, युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सहसचिव विदुरप्रसाद खनाल कात्तिक २२ गते, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव सुशील वैद्य पुस २५ गते सेवानिवृत्त हुनेछन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव टीकाराम थापा माघ १ गते, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमीमा कार्यरत सहसचिव दीपक शर्मा फागुन ३ गते, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव प्रेमशरण श्रेष्ठ चैत १८ गते सेवानिवृत्त हुनेछन् ।

त्यसैगरी सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव विष्णुप्रसाद शर्मा २०८२ वैशाख १ गते, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव टीकाराम पाण्डे वैशाख ७ गते, लोकसेवा आयोग केन्द्रीय कार्यालयमा कार्यरत सहसचिव शिवराम न्यौपाने वैशाख १० गते अवकाशमा जाँदैछन् ।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत सहसचिव राजेन्द्र थापा वैशाख १२ गते, ऊर्जा, जलश्रोत तथा सिञ्चाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल जेठ ६ गते, निर्वाचन आयोगमा कार्यरत सहसचिव रघुराम बिष्ट जेठ २४ गते सेवानिवृत्त हुँदैछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चण्डीप्रसाद घिमिरे असार १५ गते, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रामेश्वर मरहट्ठा असार १६ गते, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव किरण रुपाखेती असार २४ गते, आदिवासी जनजाति आयोगमा कार्यरत सहसचिव नुरहरि खतिवडा असार २४ गते सेवानिवृत्त हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्