१३ असार २०८३, शनिबार

धरानमा कांग्रेसको ‘ग्रिन एण्ड क्लिन’ अभियान, नगरवासीलाई फलफूलका बिरुवा वितरण

साउन १०, २०८१
धरान
धरानमा कांग्रेसको ‘ग्रिन एण्ड क्लिन’ अभियान, नगरवासीलाई फलफूलका बिरुवा वितरण

धरानमा नेपाली कांग्रेसले ‘ग्रिन एण्ड क्लिन’ अभियान शुरू गरेको छ । कांग्रेसले ४२औँ बीपी स्मृति दिवसका अवसर पारेर ‘ग्रिन एण्ड क्लिन’ अभियान शुरू गरेको हो । 

धरान उपमहानगरपालिका–१९ बाट शुरू भएको अभियानका क्रममा नगरवासीलाई सरिफा, बेल, कागती, अम्बा, अमला, तेजपत्तालगायत विभिन्न फलफूलका बिरुवा वितरण गरिएको छ ।

अभियानका क्रममा कांग्रेसले सडक सरसफाइ र डेङ्गुका लार्भा नष्ट तथा डेङ्गुसम्बन्धी सचेतना पर्चा वितरण साथै डेङ्गु बिरामीलाई औषधि वितरण पनि गरेको छ । 

 कांग्रेसका सुनसरी सचिव माधव घिसिङले अभियानको उद्घाटन गर्दै त्यसबाट नगरको सौन्दर्य बढाउन तथा हरियाली कायम गर्न सहयोग पुग्ने बताए । 

गत वर्ष पनि अभियान सञ्चालन भएको थियो । अभियान धरान उपमहानगरपालिका–१, ५, ६, ८, १०, ११, १४, १५, १६, १७, १८ र १९ नं वडामा भदौ १ गतेसम्म अभियान सञ्चालन हुनेछ ।   

कांग्रेस सुनसरीको १ नं प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १ (१) र १ (२) समितिको संयोजन र नेपाल महिला सङ्घ, नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलको सहकार्य एवं सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा ‘ग्रिन एण्ड क्लिन धरान’ अभियान आयोनना गरिएको हो  ।

salt training

कमेन्ट गर्नुहोस्