
ताइपेई - ताइवानमा गेमी आँधीसँगै बाढी आएको छ । आँधीपछि बाढीपहिरोसमेत गएको छ । आँधीले घर र पसलहरूमा क्षति पुगेको छ ।
आँधीले पश्चिमी प्रशान्त क्षेत्रमा केही घर बगाएको छ । बाढी र पहिरोबाट २२ जनाको मृत्यु भएको छ । साथै ताइवानमा पनि तीन जनाको मृत्यु भएको छ भने दुई सय २० भन्दा बढी घाइते भएका छन् ।
ताइवानमा कार्यालय र विद्यालय बिहीबार लगातार दोस्रो दिन बन्द भएका छन् र नागरिकहरूलाई घरमै बस्न र सामुद्रिक तटबाट टाढा रहन आग्रह गरिएको छ ।
ताइवान नियमित रूपमा आँधीहरूको चपेटामा पर्ने गर्छ ।
बिहीबार बिहानै बाटन प्रान्तको लिमेय सहरमा १४ लाख लिटर औद्योगिक इन्धन तेलले भरिएको ट्याङ्कर डुबेको र उद्धारकर्ताहरूले १६ मध्ये १५ जना चालक दलका सदस्यको उद्धार गरेको फिलिपिन तट रक्षकले बताएको छ ।