२१ जेठ २०८३, बिहीबार

चिनियाँ राष्ट्रपति सिलाई बधाईको ओइरो, बधाई दिनेमा ट्रम्पदेखि किम जोङसम्म

कात्तिक २०, २०७४
चिनियाँ राष्ट्रपति सिलाई बधाईको ओइरो, बधाई दिनेमा ट्रम्पदेखि किम जोङसम्म
वासिङ्टन, ९ कात्तिक -अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उहाँका चिनियाँ समकक्षी सि जिनपिङ हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट अर्को कार्यकालका लागि चयन हुनुभएकोमा उहाँलाई बधाई दिनुभएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट् गर्दै चिनियाँ राष्ट्रपति सिसँग फोनमा कुराकानी गरेको र चीनको नेतृत्वमा शक्ति संगठित गरेर पाएको ‘असाधारण उचाइ’ का लागि वधाई दिएको जानकारी गराउनुभएको छ । कुराकानीमा दुई नेताबीच उत्तर कोरिया र अमेरिका चीन व्यापारका बिषयमा कुराकानी भएको पनि जनाइएको छ । 

कुनै स्पष्ट उत्तराधिकारी नभएपछि पुनः निर्वाचित भएका सिले अर्को पाँच वर्षका लागि आफ्नो पकड बलियो बनाउनु भएको छ । चीनको संविधानमा राष्ट्रपति सिको नाम र उहाँका सिद्धान्तहरुलाई समेत उल्लेख गरिएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना समकक्षी चिनियाँ नेता सि शक्तिशाली नेता रहेको अमेरिकी फक्स विजिनेस न्यूज टेलिभिजनलाई बताउनुभएको छ । “उहाँ एक असल मान्छे हो ।” 

अन्तवार्तामा अमेरिकी राष्ट्रपतिले भन्नुभयो, “केही मानिसले उहाँलाई चीनको राजा नै भन्छन् तर उहाँ राष्ट्रपति हो ।” धेरै राम्रो सम्बन्ध रहेको छ ।” “यो सकारात्मक कुरा हो । यदि रसिया र अन्य मुलुकसँगपनि यस्तै राम्रो सम्बन्ध भएमा राम्रो हुनेछ ।” 
ट्रम्पसँगको टेलिफोन संवादमा सिले अमेरिकाका राष्ट्रपतिसँग चीन–अमेरिकी सम्बन्धको भविष्यको विकासबारे संयुक्त रुपमा खाका बनाएर काम गर्ने इच्छा व्यक्त गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । 

यसैबीच, उत्तर कोरियाको सरकारी सञ्चारसंस्था केसिएनएले त्यहाँका नेता किम जोङ–अनले पनि सि लाई बधाईको सन्देश पठाएको बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्