२७ असार २०८३, शनिबार

विवादका कारण बागमतीका चार मन्त्रीको शपथ राेकियाे

साउन १०, २०८१
काठमाडौं
विवादका कारण बागमतीका चार मन्त्रीको शपथ राेकियाे
फाइल तस्वीर ।

बागमती प्रदेशमा नेपाली कांग्रेसका नवनियुक्त चार मन्त्रीको शपथ राेकिएकाे छ ।

कांग्रेसमा मन्त्री नियुक्तिको आन्तरिक विवाद र नेकपा (एमाले)को असहमतिले बिहीवार साँझका लागि तय भएको मन्त्रीहरूको शपथ राेकिएको कांग्रेस स्रोतले जनाएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले बिहीवार नै मन्त्रिपरिषद् बिस्तार गरेका थिए । उनले आफ्नै दल नेपाली कांग्रेसका तर्फबाट चार  मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट सुरजचन्द्र लामिछाने, प्रभात तामाङ, मीनकृष्ण महर्जन र विमल ठकुरी मन्त्री भएका छन् । लामिछानेलाई आन्तरिक मामिला तथा कानुन,  तामाङलाई आर्थिक मामिला तथा योजना, महर्जनलाई युवा तथा खेलकुद र ठकुरीलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो । 

बुधवार मन्त्री नियुक्त भएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।  

बुधवार नै मन्त्रीमा सपथ खाएका कांग्रेसकै मदुकुमार श्रेष्ठले भने मन्त्रालय पाएका छैनन् ।

१४ सदस्यीय मन्त्रिपरिषद्मा एमालेबाट अमनकुमार मास्के भौतिक पूर्वाधार, प्रकाश श्रेष्ठ कृषि,  किरण थापामगर स्वास्थ्य, कृष्णप्रसाद सिलवाल वन, प्रेमभक्त महर्जन श्रम तथा रोजगार र शुकमाया तामाङ उद्योगमन्त्री बनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्