काठमाडौं, ९ कार्तिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन रोक्ने काम गरिए देश र संविधानका लागि राम्रो नहुने बताएका छन् । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले समझदारी गरेर मतपत्र छापिएकाले त्यसमा कुनै विवाद नरहेको पनि उल्लेख गरे ।
‘समझदारी गरेरै मतपत्र छाप्न शुरु गरिएको हो । मतदाताहरुले आफ्नो अधिकार प्रयोग गर्न कुनै समस्या छैन,’ प्रचण्डले भने, ‘मतपत्रलाई निहु बनाएर निर्वाचनलाई प्रभावित गर्न खोजिए देश र संविधानको लागि राम्रो हुन्न । अदालतले यो कुरा सबै बुझेको छ ।’
निर्वाचन प्रक्रिया शुरु भएर मनोनयन भएकादले संसद विघटन गरिएको उल्लेख गर्दै प्रचण्डले भने, ‘यदी निर्वाचन रोकाउने काम भए संसद स्वतः पुनस्थापित हुन्छ । देश नयाँ जटिलतातिर जान्छ ।’
देशमा परिवर्तनकारी शक्ति मिल्न खोज्दा ठूल्ठूला षड्यन्त्र हुनेगरेको प्रचण्डको भनाइ थियो ।