१२ साउन २०८३, मंगलबार

आज मौद्रिक नीति सार्वजनिक हुँदै

साउन ११, २०८१
काठमाडौं
आज मौद्रिक नीति सार्वजनिक हुँदै

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले आज बोर्ड बैठक बोलाएको छ । 

बैंकले चालु आर्थिक वर्षमा कर्जा विस्तार गर्नेगरी मौद्रिक नीतिको मस्यौदा तयार गरेको जनाइएको छ । 

बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएकाले कर्जा बढाउने नीतिका साथ मौद्रिक नीति ल्याउन लागिएको हो ।  

त्यस्तै, कर्जा बढाउन सेयर बजार, घरजग्गा र सवारीसाधन कर्जामा लोन टू भ्यालु रेसियो र जोखिम भारमार्फत् सहजीकरण गर्न खोजिएको राष्ट्र बैंकले जनाएको छ  । 

बजेटमार्फत् नसमेटिएका कतिपय विषय मौद्रिक नीतिले सम्बोधन हुनेमा आशावादी रहेको निजी क्षेत्रको भनाइ छ । 

यसअघि गत शुक्रबार सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर सारिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्