०७ साउन २०८३, बिहीबार

महिला नेतृत्वको फोटो राख्दै ओलीले लेखे–यी चार संयोगहरुले मलाई पनि खुसी लागेको छ

साउन ११, २०८१
काठमाडौं
महिला नेतृत्वको फोटो राख्दै ओलीले लेखे–यी चार संयोगहरुले मलाई पनि खुसी लागेको छ

 प्रधानमन्त्री केपी शर्मा ओलीले महिला नेतृत्वसम्बन्धी चार संयोगहरुले आफूलाई खुसी लागेको बताएका छन् । 
ओली प्रधानमन्त्री भएको विभिन्न कालखण्डमा महिला विभिन्न उच्च ओहोदामा पुगेका छन्। 

जसअनुसार विद्यादेवी भण्डारी (राष्ट्रपति), ओनसरी घर्ती(सभामुख) सुशीला कार्की(प्रधानन्यायाधीश) ओलीकै पालामा भएका थिए । अहिले लीलादेवी गड्तौला मुख्यसचिव बनेसँगै आफ्नो पालामा  महिला नेतृत्वको चार सुखद संयोग बनेको भन्दै ओलीले यसले आफूलाई पनि खुसी लागेको बताएका हुन् ।  

‘सामाजिक सञ्जालमा हिजो धेरै साथीहरुले उच्च नेतृत्वमा पुगेका नेपाली महिलाको विषयमा लेखेको देखें।  आफ्नो सकारात्मक पहलमा भएका यी चार संयोगहरुले मलाई पनि खुसी लागेको छ’, ओलीले फेसबकुमा लेखेका छन् । 
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्