२५ असार २०८३, बिहीबार

अमेरिकी राष्ट्रपति बाइडेनसँग इजरायली प्रधानमन्त्रीको भेट, के भयो कुराकानी ?

साउन ११, २०८१
काठमाडौं
अमेरिकी राष्ट्रपति बाइडेनसँग इजरायली प्रधानमन्त्रीको भेट, के भयो कुराकानी ?

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् ।  हाल अमेरिका भ्रमणमा रहेका उनले यसअघि अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गरेका थिए ।

अमेरिकी कांग्रेसलाई सम्बोधन गरेपछि नेतान्याहुले राष्ट्रपति बाइडेनलाई भेटेका हुन् । 

ह्वाइट हाउसले राष्ट्रपति बाइडेन र नेतन्याहुबीच गाजा युद्धविराम सम्झौताका सम्बन्धमा दुई पक्षबीचको मतभेदलाई समाधान गर्ने विषयमा कुराकानी भएको बताएको छ ।

हजारौं प्यालेस्टिनी समर्थकहरूले नेतान्याहुको भाषणको क्रममा भवन बाहिर विरोध प्रदर्शन गरेका थिए ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि नेतान्याहुलाई भेटेकी छन् । 

गाजा युद्ध सुरु भएको ९ महिना पुगेको छ । युद्ध अन्त्य गर्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा बिन्यामिन नेतान्याहुमाथि धेरै दबाब छ ।
 

salt training

कमेन्ट गर्नुहोस्