०८ साउन २०८३, शुक्रबार

इजरायली हिरासतमा हमासका नेताको मृत्यु

साउन ११, २०८१
काठमाडौं
इजरायली हिरासतमा हमासका नेताको मृत्यु

जेरुसेलम– वेस्ट ब्याङ्कमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रवार बताएका छन् । 

प्यालेस्टाइनको कैदी मामिला निकाय र प्यालेस्टिनी प्रिजनर्स क्लबको संयुक्त विज्ञप्तिका अनुसार दक्षिणी इजरायलको जेलबाट अस्पतालमा सारिएपछि ६३ वर्षीय मुस्तफा मोहम्मद अबू आराको मृत्यु भएको हो । 

‘हामी नेता शेख मुस्तफा मोहम्मद अबू आराको निधनमा शोक व्यक्त गर्दछौं र चिकित्सकीय लापरबाहीबाट उहाँको मृत्यु भएकाे हाम्रो ठहर छ,’ हमासद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ । 

आरालाई अक्टोबरमा गम्भीर स्वास्थ्य समस्या सामना गरिरहेको बेला पक्राउ गरिएको प्यालेस्टिनी निकायले जनाएका छन् । उनले नजरबन्दको समयमा क्रुर यातना सामना गर्नुपरेको उनीहरूले बताएका छन् । 

यस विषयमा इजरायली सेनाले प्यालेस्टिनी टिप्पणीको कुनै जवाफ दिएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्