०४ साउन २०८३, सोमबार

चार प्रदेशमा बिहानैदेखि वर्षा, चारमा रातिसम्म ठूलो पानी पर्ने सम्भावना

साउन १२, २०८१
काठमाडौं
चार प्रदेशमा बिहानैदेखि वर्षा, चारमा रातिसम्म ठूलो पानी पर्ने सम्भावना

हाल बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  

आज दिउँसो देशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी  वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशखाले जनाएको छ । 

आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। 

salt training

कमेन्ट गर्नुहोस्