१३ असार २०८३, शनिबार

तीन दशकअघि रेखाङ्कन भएको सडक बल्ल कालोपत्र

साउन १२, २०८१
तनहुँ
तीन दशकअघि रेखाङ्कन भएको सडक बल्ल कालोपत्र
फाइल तस्वीर

करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । 

भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य शुरू भएको हो ।

तीन दशकअगाडि ट्र्याक खुलेको उक्त सडकखण्डमा  पहिलो चरणमा ९८ लाख बराबरको काम भइरहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा विनियोजित उक्त बजेटबाट अहिले कालोपत्र गर्न थालिएको हो । यो सडकले तनहुँको भानुसँगै लमजुङको कुन्छालाई जोड्ने छ । 

नगरपालिकाले सो सडकखण्डलाई नगर गौरवको आयोजनाका रूपमा सूचीकृत गरेको छ । नगरपालिका, प्रदेश र सङ्घीय सरकारसँगको साझेदारीमा उक्त सडकको बाँकी खण्डमा पनि कालोपत्र गर्दैलैजाने प्रमुख त्रिपाठीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्