१३ असार २०८३, शनिबार

भोटखोला सडक एक महिनादेखि अवरुद्ध

साउन १२, २०८१
संखुवासभा
भोटखोला सडक एक महिनादेखि अवरुद्ध
फाइल फोटो

कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला सडक एक महिनादेखि बन्द छ ।

सो गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो । 

गत असारको पहिलो साताको बाढी पहिरोले इकुवा खोलाको पक्की पुल बगाएको हो । मकालु गाउँपालिका–३ इकुवा खोलामा पक्की पुल बगाउँदा भोटखोला गाउँपालिका जाने सडक बन्द भएको हो ।

मकालु–३ र भोटखोला–४ को बीचमा रहेको इकुवा खोलाको पुलले दुवै गाउँपालिकालाई जोडेको थियो ।

पुल बगाउँदा रु चार करोडको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । सो क्षेत्रमा यातायात पुनः सञ्चालन गर्न समय लाग्ने देखिन्छ ।

उक्त पुल २०७९ सालमा निर्माण गरिएको थियो । पक्की पुल बगाएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिका प्रभावित भएका छन् ।

पहिरोले उत्तर–दक्षिण राजमार्गमा पर्ने विभिन्न सडक खण्डमा क्षति पुर्‍याएको छ ।

salt training

कमेन्ट गर्नुहोस्