२१ जेठ २०८३, बिहीबार

उत्तर कोरियाको हाइड्रोजन बम परीक्षणको धम्कीलाई गम्भीर रूपमा लिनुपर्ने

कात्तिक २०, २०७४
उत्तर कोरियाको हाइड्रोजन बम परीक्षणको धम्कीलाई गम्भीर रूपमा लिनुपर्ने

काठमाडौं, ९ कात्तिक — उत्तर कोरियाका विदेशमन्त्रीले हालै प्रशान्त महासागरमाथि आणविक परीक्षण गर्न सकिने भनी दिएको धम्कीलाई गम्भीरतापूर्वक लिनुपर्ने प्योङयाङका एक अधिकारीले सीएनएनलाई बताएका छन् ।


‘विदेशमन्त्री हाम्रा सर्वोच्च नेताका उद्देश्यप्रति सचेत हुनुहुन्छ त्यसैले उहाँका शब्दलाई सिधा रूपमा बुझ्नुपर्छ,’ उत्तर कोरियाको विदेशमन्त्रालयका एक वरिष्ठ कूटनीतिज्ञ री योङ पिलले बुधवार बताए ।

विदेशमन्त्री री योङ होले अघिल्लो महिना प्योङयाङले अमेरिकासँगको तनाव बढ्दै जाँदा प्रशान्त महासागरमाथि हाइड्रोजन बम विस्फोट गराउनसक्ने बताएका थिए ।

अमेरिकालाई थर्काएमा उत्तर कोरियालाई पूरै नष्ट गर्ने भनी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चेतावनी दिएपछि उत्तरका विदेशमन्त्रीले उक्त टिप्पणी गरेका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्