२३ असार २०८३, मंगलबार

सरकार स्थिर नहुँदा विकासले अपेक्षाकृत गति लिन सकेन : सञ्चारमन्त्री गुरुङ

साउन १२, २०८१
लमजुङ
सरकार स्थिर नहुँदा विकासले अपेक्षाकृत गति लिन सकेन : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेस र एमालेको गठबन्धन सरकारको प्राथमिकतामा सुशासन र अर्थतन्त्र सुधार रहेको बताएका छन् । 

गृह जिल्ला लमजुङ आएका मन्त्री गुरुङले एमाले मध्यनेपाल नगर कमिटिद्वारा उनको सम्मानमा आज आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले यसअघि स्थिर सरकार नहुँदा विकासले अपेक्षाकृत गति लिन नसकेको टिप्पणी गरेका हुन् ।

उनले वर्तमान सरकार सुशासन कायम गर्दै अर्थतन्त्र सुधारमा केन्द्रित हुनेमा जोड दिए । वर्तमान सरकारप्रति जनताको भरोसा रहेकाले सोहीअनुसार काम गर्ने उनको भनाइ थियो ।

'वर्तमान सरकारलाई असफल हुने छुट छैन, स्थापित पुराना राजनीतिक दलले नै मुलुकमा देखिका समस्या समाधान गर्नुपर्छ,' उनले भने ।

मन्त्री गुरुङले सरकारी विद्यालयमा सूचना प्रविधिको प्रयोग बढाउनुका साथै निःशुल्क इन्टरनेटको सुविधा उपलब्ध गराउने मन्त्रालयको योजना रहेको सुनाए ।

salt training

कमेन्ट गर्नुहोस्