१८ असार २०८३, बिहीबार

जनकपुर–जयनगर रेलको लिकमा पर्दा युवकले गुमाए दुवै खुट्टा

साउन १२, २०८१
काठमाडौं
जनकपुर–जयनगर रेलको लिकमा पर्दा युवकले गुमाए दुवै खुट्टा
फाइल फोटो

जनकपुर–जयनगर रेलको लिकमा पर्दा एक जनाले दुवै खुट्टा गुमाएका छन् ।

जनकनन्दनी गाउँपालिका–३ महुवाका अन्दाजी ३५ वर्षीय श्रीराम दासले रेल लिकमा परी दुवै खुट्टा गुमाएका हुन् ।

आज बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिक छेउबाट हिँडिरहेको समयमा जयनगरबाट आइरहेको रेलले हर्न दिँदा उनी अल्मलिएर रेलकै लिकमा परेका थिए ।​​

लिकमा अल्झिएका उनले दुवै खुट्टा गुमाएका रेल विभागका प्रवक्ता प्रहरी नायब उपरीक्षक दयाराम पौडेलले जानकारी दिए ।

दासलाई उपचारका लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्