०७ साउन २०८३, बिहीबार
निर्वाचन आयोगका आयुक्तबारे निर्णय हुँदै

सोमवारका लागि बोलाइयो संसदीय सुनुवाइ समितिको बैठक, प्रधानबारे निर्णय हुने

साउन १२, २०८१
काठमाडौं
सोमवारका लागि बोलाइयो संसदीय सुनुवाइ समितिको बैठक, प्रधानबारे निर्णय हुने

संघीय संसदको संसदीय सुनुवाइ समिति बैठक सोमवारका लागि बोलाइएको छ । बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेगरी बोलाइएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले लोकान्तरलाई जानकारी दिए ।

बैठकले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानलाई अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बताइएको छ । 

सिफारिस भएका प्रधानको संसदीय सुनुवाइ भइसकेको छ । अब सोमवार निर्णय हुने समितिका एक सदस्यले बताए ।

कानून समाजका कार्यकारी निर्देशक प्रधानमाथि कार्यालयमा कार्यरत महिलालाई जागिर लगाइदिने प्रलोभन दिएर यौन शोषण गरेको आरोप लागेको छ । ती महिलाले उनीविरुद्ध उजुरीसमेत दिएकी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्