२८ जेठ २०८३, बिहीबार

पहिरोले डुम्रे–बेँसीशहर–चामे सडक अवरुद्ध

साउन १३, २०८१
लमजुङ
पहिरोले डुम्रे–बेँसीशहर–चामे सडक अवरुद्ध

पहिरोले डुम्रे–बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । शनिवार रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेँसीशहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भीरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । खरखरे भीरमा ठूला–ढुङ्गासहितको पहिरो खसेको छ । उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन ।

सडक अवरुद्ध हुँदा बेँसीशहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौं, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीशहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् । –रासस–

salt training

कमेन्ट गर्नुहोस्