०८ असार २०८३, सोमबार

आज काठमाडौं उपत्यकाका पालिकामा सार्वजनिक बिदा

साउन १३, २०८१
काठमाडौं
आज काठमाडौं उपत्यकाका पालिकामा सार्वजनिक बिदा

आज आइतवार काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिइएको छ । 

बिहीवार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख (मेयर) राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 


नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए । विकासप्रेमी एवं समाजसेवीका रूपमा परिचित उनी २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनको मिर्गौला रोगका कारण मृत्यु भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्