१९ असार २०८३, शुक्रबार

तिलागुफामा पहिरोः कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

साउन १३, २०८१
काठमाडौं
तिलागुफामा पहिरोः कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

काँक्रेविहार– कर्णाली करिडोरअन्तरर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।
 
जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत ,जुम्ला , मुगु  र हुम्ला प्रवेशको मुख्यस्थल हो  ।

पहिरोका कारण  यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए । सडक खुलाउन भरमग्दुर भइरहेको उनले बताए । –रासस

salt training

कमेन्ट गर्नुहोस्