०३ साउन २०८३, आइतबार

रोहितले गरे जीतबाट फ्रेन्चाइज लिगको शुरूवात

साउन १३, २०८१
काठमाडौं
रोहितले गरे जीतबाट फ्रेन्चाइज लिगको शुरूवात

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जीतबाट फ्रेन्चाइज टी–२० क्रिकेट लिगको शुरूवात गरेका छन् । क्यानडामा जारी ग्लोबल टी–२० लिगमा उनी आबद्ध टोरोन्टो नेसनल्सले जीत निकालेसँगै उनको डेब्यू सुखद बन्न पुगेको छ ।

आइतवार बिहान सम्पन्न खेलमा टोरोन्टोले ब्राम्पटन वुल्भ्सलाई आठ विकेटले पराजित गरेको गरेको हो । जारी लिगमा टोरोन्टोको यो लगातार दोस्रो जीत हो । प्रतियोगितामा ढिलो सहभागी भएका कारण रोहितले पहिलो खेल भने गुमाएका थिए ।

रोहित वुल्भ्सविरुद्ध प्लेइङ–११ मा रहे । तर उनले ब्याटिङ–बलिङको अवसर भने पाएनन् थिएनन् । यद्यपि फिल्डिङ भने उनले गज्जब गरे । उनले एक उत्कृष्ट रनआउट तथा एक शानदार क्याच लिएका थिए ।

विदेशी लिगमा रोहितको यो पहिलो खेल हो ।

जीतसँगै टोरोन्टो दुई खेलमा चार अंकका साथ शीर्ष स्थानमा छ । 

यसैगरी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीसम्मिलित भ्यानकुभर नाइट्स भने बंगाल टाइगर्ससँग २२ रनले पराजित भएको छ । सन्दीपले दुई विकेट दिनका बाबजुद उनको टोली पराजित हुन पुग्यो ।

salt training

कमेन्ट गर्नुहोस्