०९ साउन २०८३, शनिबार

एकीकृत समाजवादीको बैठक सोमवार बस्दैः केन्द्रीय सदस्यको टुङ्गो लगाउने

साउन १३, २०८१
काठमाडौं
एकीकृत समाजवादीको बैठक सोमवार बस्दैः केन्द्रीय सदस्यको टुङ्गो लगाउने
फाइल तस्वीर ।

नेकपा (एकीकृत समाजवादी)केन्द्रीय कमिटी बैठक सोमवार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमवार १ः०० बजे बस्ने बैठकले केन्द्रीय सदस्य टुङ्गो लगाउने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिए ।

पार्टी विधानअनुसार दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब तीन सय २९ सदस्यीय कार्यसमिति बिस्तार हुनेछ ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने नेता रायमाझीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्