२७ असार २०८३, शनिबार

कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारबीच समन्वय आवश्यक छ : गृहमन्त्री

साउन १३, २०८१
काठमाडौं
कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारबीच समन्वय आवश्यक छ : गृहमन्त्री
फाइल फोटो

गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताएका छन् । 

प्रतिनिधिसभा कानून, न्याय तथा मानवअधिकार समितिको आज बसेको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । 

'देशभरका कारागारमा कैदीबन्दीको सङ्ख्या अत्यधिक  रहेको छ । भौतिक पूर्वाधारको अभाव छ,' उनले भने, 'भौतिक पूर्वाधार निर्माणमा जोड दिन आवश्यक छ ।'

गृहमन्त्री लेखकले बालसुधार गृहमा पनि ठाउँ अभाव तथा भौतिक संरचनाको कमी देखिएको बताए । 'आठ जिल्लामा नौ वटा बालसुधार गृह छन्, यी सबैको अवस्था सुधार गरी राम्रोसँग सञ्चालन गर्नुपर्ने देखिएको छ,' उनले भने ।

कैदीबन्दीको सिदा र दैनिक खर्च कम भएको विषयमा सरकारले ध्यान दिने गृहमन्त्री लेखकले बताए । कैदीबन्दीले भोग्नुपरेका स्वास्थ्य र सरसफाइका समस्या सरकारले सम्बोधन गर्ने उनले आश्वासन दिए ।

'कैदीबन्दीको सीप विकास र आयआर्जनमा पनि सरकार गम्भीर छ,' उनले भने, 'कारागारलाई सीप विकास केन्द्रका रुपमा विकास गर्न जरुरी छ ।'

यसबाट केही न केही उद्यम गरेर आयआर्जन हुने तथा कैदीबन्दी व्यस्त हुने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्