२७ असार २०८३, शनिबार

नगरपालिकाका लेखाप्रमुख जुवा खालबाट पक्राउ

कात्तिक २०, २०७४
नगरपालिकाका लेखाप्रमुख जुवा खालबाट पक्राउ


दोलखा , ९ कात्तिक - भीमेश्वर नगरपालिकाका लेखाप्रमुख सुजन सुवेदी र गौरीशंकर गाउँपालिकाका लेखापाल पुष्प बस्नेतसहित छ जनालाई प्रहरीले आज जुवा खेलिरहेका स्थानबाट पक्राउ गरेको छ ।

प्रहरीले जुवा खालबाट रु एक लाख छ हजार ६९५ बरामद गरेको छ । भीमेश्वर–६ चरीघ्याङस्थित ‘स्थानीय आवाज अनलाइन’का सञ्चालक राजबहादुर शिवाकोटीले पासाङदोर्जे शेर्पाको घरको कोठा भाडामा लिएर जुवा खलाइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनु लामाले बताइन् ।

पक्राउ पर्नेमा भीनपा–१ का रामेश्वर गिरी र वडा नं ३ का रामकाजी लामा (दोङ), तामाकोशी गाउँपालिकाका स्वास्थ्य इन्चार्ज (स्वास्थ्यचौकी भीरकोटका इन्चार्ज) दलबहादुर खड्का र रामेछापका खिलेन्द्र खत्री पनि छन् ।

salt training

कमेन्ट गर्नुहोस्